
काठमाडौँ । राष्ट्रियसभाको बैठक बिहीबार दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथि छलफल गर्ने तयारी गरिएको छ। उक्त विधेयकलाई संसद्मा अघि बढाउने कि नबढाउने भन्ने विषयमा सांसदहरूले विचार गर्नेछन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा विधेयकको आवश्यकता, यसको प्रभाव र आन्तरिक हवाई सेवासँग सम्बन्धित विषयमा सांसदहरूले आफ्नो धारणा राख्न सक्नेछन्। राष्ट्रियसभाको बैठक सिंहदरबारस्थित संसद् भवनमा बस्नेछ। अन्य नियमित संसदीय कामकारबाहीसमेत बैठकको कार्यसूचीअनुसार अघि बढाइनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे