
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले युवालाई नेपालमै रोजगारी र स्वरोजगारको अवसर दिने आधार तयार गरिरहेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा लामिछानेले देशमा रोजगारीको सम्भावना बढेपछि विदेशमा रहेका नेपालीसमेत स्वदेश फर्किएर काम गर्न सक्ने वातावरण बन्ने बताए। यसका लागि केही समय लागे पनि लक्ष्य टाढा नरहेको उनको भनाइ छ।
उनले संसद्मा ठूलो संख्यामा युवाको प्रतिनिधित्व हुनु देशका लागि महत्वपूर्ण अवसर भएको बताए। तर अहिलेको समय युवा नेतृत्वका लागि परीक्षाको घडी भएको उनले उल्लेख गरे।
युवाको नेतृत्व आएकोमा मात्र गर्व गर्न नहुने भन्दै लामिछानेले त्यसलाई व्यवहारमा देखिने परिणाममा बदल्नुपर्ने बताए। जनताले दिएको जिम्मेवारी पूरा गर्न नसके युवाले राजनीति गर्न सक्दैनन् भन्ने धारणा बन्न सक्ने उनको चेतावनी थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे