• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्री उद्धार कोषमा ७ अर्बभन्दा बढी रकम जम्मा

१ घण्टा अघि
२

विपत्तिमा सरकार पछि हट्दैन, दृढताका साथ अघि बढ्छ: बालेन

१ घण्टा अघि
३

भोटेकोशी बाढीपछि पहिलोपल्ट संसद्‌मा बोल्दै प्रधानमन्त्री बालेन

२ घण्टा अघि
४

सुनको मूल्य ८ हजार ८०० रुपैयाँले घट्यो

२ घण्टा अघि
५

विपद्का कारण भदौ १६ गतेको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित

३ घण्टा अघि
६

भारतद्वारा भोटेकोशी बाढी प्रभावितका लागि पाँचौँ चरणको राहत सहयोग पठाइयो

३ घण्टा अघि
७

एभरेष्ट बैंक र कर्मचारीले गरे भोटेकोशी बाढीपीडितलाई ३ करोडभन्दा बढीको सहयोग

३ घण्टा अघि
८

भोटेकोशी बाढी :हालसम्म १,११८ जनाको शव फेला ,६ हजार ८५३ जनाको उद्धार

४ घण्टा अघि
९

कोशीदेखि कर्णालीसम्म नदीमा बहाव बढ्ने पूर्वानुमान ,सतर्क रहन आग्रह

४ घण्टा अघि
१०

भोटेकोशी बाढीलाई जलवायु संकटका रूपमा प्रस्तुत गरी जलवायु न्यायको माग गर्न विज्ञहरूको सुझाव

४ घण्टा अघि
११

सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

२२ घण्टा अघि
१२

बाढी प्रभावित बालबालिकालाई अनुमति बिना संस्थागत संरक्षणमा नराख्न बाल अधिकार परिषद्को आग्रह

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८२ पौष १७, बिहिबार (८ महिना अघि)

विदेशी सम्बन्धनका कलेजलाई शिक्षा मन्त्रालयको कडा निर्देशन,. निर्देशिका उल्लङ्घन गरे कार्यक्रम अनुमति रद्द हुने शिक्षा मन्त्रालयको चेतावनी

  • 15,418 Views
  • काठमाडौँ । विदेशी शैक्षिक संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गरिरहेका शैक्षिक संस्थाहरूका लागि नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कडा निर्देशन जारी गरेको छ। मन्त्रालयको उच्च शिक्षा शाखाले सिंहदरबारबाट जारी गरेको यो निर्देशन मन्त्रीस्तरीय निर्णयअनुसार विसं २०८२ पुस १४ गते पारित भएको हो।

    विदेशी शैक्षिक संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालनसम्बन्धी निर्देशिका, २०५९ अनुसार अनुमति प्राप्त शैक्षिक संस्थाहरूले संस्थान तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्दा अनिवार्य रूपमा पालना गर्नुपर्ने सर्तहरू पुनः स्मरण गराउँदै मन्त्रालयले अनुसूची–३ मा उल्लेखित सबै प्रावधानको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको छ।

    मन्त्रालयमा प्राप्त गुनासोअनुसार केही संस्थाहरूले विद्यार्थी अनुशासनका नाममा ‘डिसिप्लिन इन्चार्ज’ (DI) राखेको र यसले सिकाइ वातावरणमा नकारात्मक प्रभाव पारेको जनाइएको छ। यस्तो व्यवस्था भए तत्काल हटाउन र विद्यार्थीलाई परामर्श तथा सहयोग प्रदान गर्ने उद्देश्यले विद्यार्थी परामर्श कक्ष (Student Counseling Room) स्थापना गर्न मन्त्रालयले निर्देशन दिएको छ।

    त्यसैगरी, विद्यार्थी, अभिभावक तथा सरोकारवालाले गुनासो, सुझाव र प्रतिक्रिया दिन सक्ने प्रभावकारी संयन्त्रको व्यवस्था गर्न र प्राप्त गुनासोलाई नियमित रूपमा सम्बोधन गर्नुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ। साथै, विद्यार्थीबाट लिइने सबै किसिमका कार्यक्रमसम्बन्धी शुल्क विवरण सबैले देख्ने स्थानमा पारदर्शी रूपमा टाँस गर्न र सोको प्रमाणित प्रतिलिपि १५ दिनभित्र मन्त्रालयमा बुझाउन निर्देशन दिइएको छ।

    शैक्षिक पारदर्शिता सुनिश्चित गर्न प्रत्येक कक्षामा विद्यार्थी संख्या र कक्षा अनुसारको दैनिक सिकाइ गतिविधि तालिका विद्यार्थी तथा अभिभावकलाई जानकारी गराउन र संस्थाको सूचना पाटी तथा वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ। अनुमति प्राप्त विषय, तह र अवधि बाहेकका कुनै पनि कार्यक्रम सञ्चालन गर्न नपाइने र तोकिएको स्थान बाहेक अन्यत्र कार्यक्रम सञ्चालन गर्न नहुने स्पष्ट निर्देशन दिइएको छ।

    मन्त्रालयले संस्थाको वेबसाइटमा पनि अनुमति प्राप्त विषय र कार्यक्रम अवधि मात्र प्रकाशन गर्न निर्देशन दिएको छ। कुनै पनि हालतमा अन्य संस्थाका कार्यक्रमलाई ‘अपरेटिङ ग्रुप’ का नाममा प्रचार–प्रसार गर्न नपाइने स्पष्ट चेतावनी दिइएको छ।

    निर्देशिकामा तोकिएअनुसार छात्रवृत्ति प्रदान गर्दा पारदर्शी र निष्पक्ष रूपमा विद्यार्थी छनोट गर्न, छात्रवृत्तिको विवरण वेबसाइटमा प्रकाशन गर्न र सो विवरण अनिवार्य रूपमा मन्त्रालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। साथै, सम्बन्धित विषयमा योग्यता र दक्षता भएका शिक्षकबाट मात्र पठनपाठन गराउनुपर्ने मन्त्रालयको निर्देशन छ।

    निर्देशिकाका सम्पूर्ण प्रावधान तथा अनुमति लिँदा संस्थाले बुझाएको प्रतिबद्धताअनुसार काम नगरेमा जुनसुकै बेला कार्यक्रम सञ्चालन अनुमति रद्द हुन सक्ने चेतावनी मन्त्रालयले दिएको छ।

  • #EducationConsultantsNepal
  • #ForeignAffiliatedColleges
  • #GlobalDegreesInNepal
  • #HigherEducationProviders
  • #IEPANMemberInstitutions
  • #InternationalCollegesNepal
  • #InternationalEducationNepal
  • #NepalInternationalEd
  • #StudyInNepal
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    प्रधानमन्त्री उद्धार कोषमा ७ अर्बभन्दा बढी रकम जम्मा
    १ घण्टा अघि

  • २

    विपत्तिमा सरकार पछि हट्दैन, दृढताका साथ अघि बढ्छ: बालेन
    १ घण्टा अघि

  • ३

    भोटेकोशी बाढीपछि पहिलोपल्ट संसद्‌मा बोल्दै प्रधानमन्त्री बालेन
    २ घण्टा अघि

  • ४

    सुनको मूल्य ८ हजार ८०० रुपैयाँले घट्यो
    २ घण्टा अघि

  • ५

    विपद्का कारण भदौ १६ गतेको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित
    ३ घण्टा अघि

  • ६

    भारतद्वारा भोटेकोशी बाढी प्रभावितका लागि पाँचौँ चरणको राहत सहयोग पठाइयो
    ३ घण्टा अघि

  • ७

    एभरेष्ट बैंक र कर्मचारीले गरे भोटेकोशी बाढीपीडितलाई ३ करोडभन्दा बढीको सहयोग
    ३ घण्टा अघि

  • ८

    भोटेकोशी बाढी :हालसम्म १,११८ जनाको शव फेला ,६ हजार ८५३ जनाको उद्धार
    ४ घण्टा अघि

  • ९

    कोशीदेखि कर्णालीसम्म नदीमा बहाव बढ्ने पूर्वानुमान ,सतर्क रहन आग्रह
    ४ घण्टा अघि

  • १०

    भोटेकोशी बाढीलाई जलवायु संकटका रूपमा प्रस्तुत गरी जलवायु न्यायको माग गर्न विज्ञहरूको सुझाव
    ४ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    रसुवा बाढीपीडितका लागि निजी क्षेत्रको सहयोग, गोर्खा ब्रुअरीले दियो १० करोड

    नेपाल नक्सा
    ३

    रसुवा बाढी : १२५ जनाको हवाई उद्धार, त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र सञ्चालन

    नेपाल नक्सा
    ४

    भोटेकोशी बाढीपछि सर्वदलीय १० बुँदे प्रतिबद्धता : उद्धारदेखि पुनर्निर्माणसम्म साझा कार्यदिशा

    नेपाल नक्सा
    ५

    ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा फर्जी अपिलबाट सावधान

    नेपाल नक्सा
    ६

    उद्धार र राहतमा स्रोतको अभाव हुँदैन, पुनर्निर्माणलाई महाअभियान बनाउँछौँ : अर्थमन्त्री वाग्ले

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution