
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा दीपेन्द्रकुमार मिश्र नियुक्त भएका छन्।
कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको ९१औँ बैठकले रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदमा मिश्रलाई नियुक्त गरेको हो। उनलाई आगामी वार्षिक साधारणसभासम्मका लागि अध्यक्षको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ।
यसअघि सोही दिन बसेको सञ्चालक समितिको ९०औँ बैठकले संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदका लागि सिफारिस भएका तीन जनाको मनोनयन पनि स्वीकृत गरेको थियो। उनीहरूको मनोनयनसमेत आगामी वार्षिक साधारणसभासम्मका लागि कायम रहनेछ।
कम्पनीका अनुसार नेपाल बैंकको तर्फबाट होमबहादुर खड्का, हंसराज हुलासचन्द एन्ड कम्पनीको तर्फबाट नितेश तोदी तथा कालिका फिनकर्ष प्रालिको तर्फबाट पल्लव श्रेष्ठ सञ्चालकमा मनोनीत भएका छन्।
नवनियुक्त अध्यक्ष मिश्रसँगै संस्थापक सेयरधनी समूहबाट तीन जना सञ्चालक थपिएपछि कम्पनीको सञ्चालक समिति संरचना थप व्यवस्थित भएको कम्पनीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे