
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्। आइतबारदेखि सुरु भएको कांग्रेसको १५औँ महाधिवेशनमा उनले उपसभापतिमा उठ्ने घोषणा गरेका हुन्।
कांग्रेसले विधान संशोधन गरेर उपसभापतिसहित केही नयाँ पद थप्ने तयारी गरेपछि चौधरीले उम्मेदवारी दिने निर्णय गरेका हुन्। उनी १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। विशेष महाधिवेशनबाट पनि उनी केन्द्रीय सदस्यमा दोहोरिएका थिए।
विधान संशोधन समितिले एक वरिष्ठ उपसभापति, एक महिला उपसभापति, एक महिला महामन्त्री र खुलातर्फ दुई सहमहामन्त्री थप्ने प्रस्ताव गरेको छ। यससँगै कांग्रेसमा पाँच जना नयाँ पदाधिकारी थपिनेछन्।
हाल कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र ११ सहमहामन्त्री रहने व्यवस्था छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे