• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १९, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्वीकृत विदेशी लगानीको २९.६ प्रतिशत मात्रै वास्तविक रूपमा भित्रियो

१४ घण्टा अघि
२

भदौ २३ गते जेनजी शहीद दिवसमा सार्वजनिक बिदा

१४ घण्टा अघि
३

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक

१५ घण्टा अघि
४

लाङटाङ सुरुङबाट सेनाले निकाल्यो दुई जनाको शव

१६ घण्टा अघि
५

परराष्ट्रमन्त्रीले दिए विदेशी कूटनीतिज्ञलाई भोटेकोशी बाढीको जानकारी

१७ घण्टा अघि
६

कुलमान घिसिङको सुझाव: शव व्यवस्थापन र सडक खुलाउन सरकार गम्भीर बनोस्

१७ घण्टा अघि
७

मन्त्रिपरिषद् बैठक बस्दै , भोटेकोशी बाढीबारे छलफल हुने

१७ घण्टा अघि
८

भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको उच्च जोखिम, ५० भन्दा बढी जिल्लामा सतर्कता

१९ घण्टा अघि
९

बर्जरको रङ केही महिनामै खुइलिएपछि उपभोक्ता अदालतद्वारा १२ लाख ७८ हजार क्षतिपूर्ति भराउने फैसला

१९ घण्टा अघि
१०

पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा काम तीव्र:पूर्वाधार मन्त्री सुनिल लम्साल

२0 घण्टा अघि
११

प्रतिनिधि सभा बैठक बस्दै, तीन विषयमा छलफल हुँदै

२0 घण्टा अघि
१२

करिब एक सातामै केरुङ नाका जोड्ने जी–२१६ अस्थायी मार्ग पुनः सञ्चालनमा

२0 घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
राससप्रकाशित मिति: २०७९ श्रावण ३०, सोमबार (४ साल अघि)

दश वर्षमा तीन गुणाले बढ्यो सडक दुर्घटना

  • 6,914 Views
  • काठमाडौं , ३० साउन । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा शनिबार सुरक्षाकर्मी चढेको लु १ झ ६६० नम्बरको जीप सडकबाट झण्डै ८० मिटर तल खसेर दुर्घटनामा हुँदा एक प्रहरीको मृत्यु भयो भने केही गम्भिर घाइते भए । उनीहरुलाई सरकारले तत्कालै हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍यायो । भौगोलिक हिसाबले विकट क्षेत्रमा भएको उक्त दुर्घटनापछि तत्काल हेलिकप्टरबाट उद्धार नगरिएको भए अझै केही सुरक्षाकर्मीले ज्यान गुमाउन सक्थे ।

    गत असार २१ गते रामेछापको सुनापाती गाउँपालिका–५ स्थित लुभुघाटमा कच्ची सडकको ठूलो घुम्तीमा हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा३ख ८३९६ नम्बरको यात्रुवाहक मोडिन नपाइ एक्कासी भिरबाट खस्दा १३ जनाले ज्यान गुमाए । त्यस दुर्घटनामा धेरै यात्रु गम्भिर घाइते भएका थिए ।

    स्थानीयका अनुसार अघिल्लो दिनमात्रै सामान्य कसकास गरेर राखिएको बसको अवस्था राम्ररी जाँच नगराउँदा बस दुर्घटनामा परेको हो । प्रहरीले पनि सवारी साधनको कमजोर अवस्थाका कारण ब्रेकले काम नगर्दा यात्रुले अकालमै ज्यान गुमाउन पुगेको प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

    नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नहुनु, सवारीसाधनको सङ्ख्या वृद्धि हुनु लगायतका कारणले दुर्घटना बर्सेनि बढिरहेका छन् । प्रहरीमा रहेको अभिलेख विश्लेषण गर्दा पनि दुर्घटना र मृत्यु तथा घाइतेको ग्राफ बढ्दो छ । पछिल्लो १० वर्षको तथ्याङ्क केलाउँदा सवारी दुर्घटना सङ्ख्या झण्डै तेब्बरले बढेको छ । दुर्घटनाबाट मानवीय क्षति पनि निक्कै बढेको पाइएको छ ।

    दश वर्षअघि (आव २०६८/६९) को तथ्याङ्कमा कुल आठ हजार ९२ दुर्घटना भएका थिए । त्यसमा १४ हजार दुई सय ८७ सवारी साधन परेका थिए । दुर्घटनामा एक हजार आठ सय ३७ को मृत्यु र चार हजार १९ जना गम्भिर घाइते भएका थिए । ठीक त्यसको १० वर्षपछि आर्थिक वर्ष २०७८/७९ को अभिलेखानुसार सवारी दुर्घटना ह्वात्तै बढेर २४ हजार पाँच सय ३८ पुग्यो । उक्त साल ३९ हजार तीन सय ७९ सवारी साधन दुर्घटनामा परे । ती दुर्घटनाबाट कुल दुई हजार आठ सय ८३ जनाको मृत्यु भयो भने सात हजार दुई सय ८२ यात्रु गम्भिर घाइते भएका छन् ।

    दश वर्ष अघिको एक वर्ष र १० वर्षपछिको एक वर्षको तथ्याङ्क हेर्दा दुर्घटना सङ्ख्या १६ हजार चार सय ४६ ले बढ्यो भने मानवीय क्षति एक हजार ४६ ले बढी देखियो । ती दुर्घटनामा संलग्न रहेका सवारी साधान हेर्दा झण्डै आधा मोटरसाइकल परेको देखिएको छ । आर्थिक वर्ष २०७८/७९ का कुल ३९ हजार तीन सय ७९ सवारी साधन दुर्घटना हुँदा मोटरसाइकल मात्रै १९ हजार नौ सय ७४ परेको प्रहरी प्रधान कार्यालयको विवरणमा उल्लेख छ । त्यसपछि दोस्रोमा जीप/कार आठ हजार नौ सय ७५, त्यसपछि बस दुई हजार सात सय ८६ र चौथोमा ट्रक/ट्याङ्कर दुई हजार चार सय ७६ दुर्घटना भएको अभिलेख छ ।

    दुर्घटनामा परेका सवारी साधनमध्ये आधा मोटरसाइकल छन् । त्यसकारण यातायातका साधनमा सबैभन्दा बढी जोखिम मोटरसाइकल र त्यसपछि जिप/कार रहेको विवरणले पुष्टि गर्छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह प्रहरीको दुर्घटना न्यूनिकरण अभियानका बीच नै दुर्घटना बढ्दो क्रममा रहेको बताउछन् ।

    प्रहरी प्रधान कार्यालयले हालै गरेको तीन महिनाको तुलनात्मक अध्ययनले झन् बढी दुर्घटना बढेको देखाएको छ । गत वर्ष र अहिलेको वैशाख, जेठ असार तीन महिनाको तुलना मा यसवर्ष सोही अवधिमा ६३.४२ प्रतिशतले दुर्घटना बढेको छ भने मानिसको मृत्यु ३१.५९ प्रतिशतले वृद्धि भएको छ । उक्त तथ्याङ्कले सवारी दुर्घटनाको स्थिति भयावह हुँदै गएको प्रष्ट हुन्छ ।

    विसं २०७२ पछि ह्‍वात्तै बढ्यो दुर्घटना
    प्राप्त विवरणमा विसं २०७२ सालदेखि भने एक्कासी सवारी दुर्घटना र मानवीय क्षतिमा वृद्धि भएको तथ्याङ्कले देखाउँछ । विसं २०७५ सम्म सवारी दुर्घटना सङ्ख्या ११ हजार नाघेको थिएन । त्यसपछि भने दुर्घटना ह्वात्तै बढेको छ । आव २०७६/७७ मा तथ्याङ्क हेर्दा अघिल्लो वर्षको तुलनामा पाँच हजार बढी दुर्घटना भएका छन् । त्यसपछि हरेक आर्थिक वर्ष पाँच हजार कै हाराहारीमा दुर्घटना सङ्ख्यामा वृद्धि भएर दश वर्षको अन्तरालमा तीन गुणाले बढेको पाइएको हो ।

    दुर्घटनाको खास कारण के हो, कसरी न्युनिकरण गर्ने ?

    यातायात विज्ञ आशिष गजुरेल नेपालका यातायात विश्वसनीय, आरामदायी र सुरक्षित नभएको दाबी गर्नुहुन्छ । “सार्वजनिक सवारीमा यात्रु कोचाकोच गरेर राखिएको हुन्छ, कमजोर मेसिनरीको प्रयोग हुन्छ, राज्यको योगदान पनि कमजोर छ, नीजि क्षेत्रले चाहेका बेला निकाल्ने र थन्क्याउन सक्ने अवस्था छ, अनुगमनको संयन्त्र छैन”, गजुरेलले भने, “त्यसकारण पनि नेपालको यातायात क्षेत्र सुरक्षाका दृष्टिले कमजोर छ ।”

    उनका अनुसार नेपालमा सवारी साधनको सङ्ख्या धेरै छ । उनले भने, “सडकको क्षेत्र साँघुरो छ, त्यसले जाम र दुर्घटना पनि बढाउने गरेको छ, फुटपाथ राम्रो छैन, ज्येष्ठ नागरिक, बालिबालिका, अपाङ्गता भएका व्यक्ति मैत्री सडक पनि छैनन् ।”

    सडक पुर्वाधार, सवारी साधनको अवस्था, कानुन र त्यसको कार्यान्वयन, सडक प्रयोगकर्ताको अनुशासन, तत्काल उद्धार र राहतको अवस्था कस्तो छ भन्ने कुराले निर्धारण गर्ने तर नेपालको यातायात क्षेत्र त्यस्तो नहुँदा सुधार गरे मात्रै सुरक्षित सडक बन्न सक्ने उनी बताउछन् ।

    उनी नेपालको राजमार्ग शहरी क्षेत्रबाट लगिनु नै गलत भएको बताउछन् । त्यसलाई शहरी सडक बनाएर राजमार्ग शहरभन्दा बाहिरबाट लैजानुपर्नेमा उनको जोड छ । ग्रामिण क्षेत्रमा डोजर इन्जिनियरिङ मात्रै रहेकाले जोखिम बढी छ । सडकमा रेलिङ मात्रै राम्ररी व्यवस्थापन गर्न सकिए धेरै दुर्घटना रोक्न सकिने गजुरेल सुनाउँछन् ।

    दुर्घटना कम गराउन राज्यले कम्तिमा वर्षको दुई पटक सवारी साधनको अवस्था प्रमाणित गर्न लगाउनुपर्ने र कडाइका साथ नियम पालना गराउनुपर्ने उनको सुझाव छ । “हेल्मेट लगाउनु ट्राफिक प्रहरीका लागि हो भने जस्तो भएपछि कसरी दुर्घटना कम हुनु ?”, उनले प्रश्न गरे ।

    यस्तो छ १० वर्षको दुर्घटना र मानवीय क्षति

    आर्थिक वर्ष २०७८/७९ को दुर्घटना

    आव २०७८/७९ मा कुल २४ हजार पाँच सय ३८ दुर्घटना भए । ती दुर्घटनामा ३९ हजार तीन सय ७९ सवारी साधान संलग्न रहे । ती दुर्घटनाबाट कुल दुई हजार आठ सय ८३ जनाको मृत्यु भएको छ भने सात हजार दुई सय ८२ जना गम्भिर घाइते भएका छन् ।

    आर्थिक वर्ष २०७७/७८
    यस आवमा कुल २० हजार छ सय ४० दुर्घटनामा ३३ हजार नौ सय ३५ सवारी साधन परेको पाइएको छ । ती दुर्घटनामा दुई हजार तीन सयको मृत्यु भएको छ भने छ हजार चार सय ४८ जना गम्भिर घाइते भएका थिए ।

    आर्थिक वर्ष २०७६/७७

    यस आवमा कुल १५ हजार पाँच सय ५९ दुर्घटना भए । त्यसमा २५ हजार सात सय ८८ सवारी साधन परेका छन् । दुर्घटनामा दुई हजार दुई सय ८१ को मृत्यु र चार हजार छ सय १५ जना गम्भिर घाइते भएका छन् ।

    आर्थिक वर्ष २०७५/७६

    आव २०७५/७६ मा १० हजार तीन सय ६० सवारी दुर्घटना भएको तथ्याङ्क छ । त्यसमा २२ हजार ८७ सवारी साधन परेका पाइएको छ । ती दुर्घटनामा दुई हजार सात सय ८९ को मृत्यु भएको छ । चार हजार तीन सय ७६ गम्भिर घाइते भएका छन् ।

    आर्थिक वर्ष २०७४/७५

    यस आवमा कुल १० हजार नौ सय ६५ दुर्घटना भएका छन् । उक्त दुर्घटनामा १८ हजार ३४ सवारी साधन परेका र कुल दुई हजार पाँच सय ४१ को मृत्यु भएको छ । अन्य चार हजार एक सय ४१ गम्भिर घाइते भएका छन् ।

    आर्थिक वर्ष २०७३/७४

    यस आवमा कुल १० हजार एक सय ७८ दुर्घटना भएकामा १५ हजार पाँच सय १५ सवारी साधन संलग्न भएका छन् । उक्त दुर्घटनामा दुई हजार तीन सय ८४ र चार हजार दुई सय ५० गम्भिर घाइते भएका छन् ।

    आर्थिक वर्ष २०७२/७३

    कुल १० हजार १३ दुर्घटना हुँदा त्यसमा १६ हजार पाँच सय दुई सवारी साधन परेको छ । ती दुर्घटनामा दुई हजार छ को मृत्यु भएको छ भने चार हजार एक सय ८२ जना गम्भिर घाइते भएका छन् ।

    आर्थिक वर्ष २०७१/७२

    कुल नौ हजार एक सय ४५ दुर्घटनामा १४ हजार आठ सय ३७ सवारी साधनमा क्षति भएको छ । ती दुर्घटनामा दुई हजार चारको मृत्यु भएको र चार हजार ५४ जना गम्भिर घाइते भएका छन् ।

    आर्थिक वर्ष २०७०/७१

    यस आवमा जम्मा आठ हजार चार सय छ दुर्घटना भएका छन् । त्यस दुर्घटनामा १३ हजार पाँच सय २९ सवारी साधान परेका छन् । दुर्घटनामा कुल एक हजार सात सय ८७ जनाको मृत्यु र तीन हजार पाँच सय १६ गम्भिर घाइते भएका छन् ।

    आर्थिक वर्ष २०६९/७०

    यस आवमा जम्मा दुर्घटना आठ हजार चार सय ८४ भएका छन् । त्यस दुर्घटनामा १३ हजार पाँच सय ८२ सवारी साधान संलग्न भएको पाइएको छ । दुर्घटनामा कुल एक हजार आठ सय १६ को मृत्यु तथा तीन हजार नौ सय ८६ गम्भिर घाइते भएका छन् ।

    आर्थिक वर्ष २०६८/६९

    pयस आवमा कुल आठ हजार ९२ दुर्घटना भएका थिए । त्यसमा १४ हजार दुई सय ८७ सवारी साधन परेका छन् । दुर्घटनामा एक हजार आठ सय ३७ को मृत्यु र चार हजार १९ जना गम्भिर घाइते भएका थिए ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्वीकृत विदेशी लगानीको २९.६ प्रतिशत मात्रै वास्तविक रूपमा भित्रियो
    १४ घण्टा अघि

  • २

    भदौ २३ गते जेनजी शहीद दिवसमा सार्वजनिक बिदा
    १४ घण्टा अघि

  • ३

    रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक
    १५ घण्टा अघि

  • ४

    लाङटाङ सुरुङबाट सेनाले निकाल्यो दुई जनाको शव
    १६ घण्टा अघि

  • ५

    परराष्ट्रमन्त्रीले दिए विदेशी कूटनीतिज्ञलाई भोटेकोशी बाढीको जानकारी
    १७ घण्टा अघि

  • ६

    कुलमान घिसिङको सुझाव: शव व्यवस्थापन र सडक खुलाउन सरकार गम्भीर बनोस्
    १७ घण्टा अघि

  • ७

    मन्त्रिपरिषद् बैठक बस्दै , भोटेकोशी बाढीबारे छलफल हुने
    १७ घण्टा अघि

  • ८

    भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको उच्च जोखिम, ५० भन्दा बढी जिल्लामा सतर्कता
    १९ घण्टा अघि

  • ९

    बर्जरको रङ केही महिनामै खुइलिएपछि उपभोक्ता अदालतद्वारा १२ लाख ७८ हजार क्षतिपूर्ति भराउने फैसला
    १९ घण्टा अघि

  • १०

    पृथ्वी राजमार्ग खुलाउन कृष्णभीरमा काम तीव्र:पूर्वाधार मन्त्री सुनिल लम्साल
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढीपीडितका लागि ६५ लाख सहयोग

    नेपाल नक्सा
    ३

    प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र, खोज तथा उद्धारदेखि शव पहिचानसम्मको काम

    नेपाल नक्सा
    ४

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग

    नेपाल नक्सा
    ५

    त्रिशूली र नारायणीमा भेटिएका १९९ सनाखत हुन नसकेका शव व्यवस्थापन

    नेपाल नक्सा
    ६

    भोटेकोशी बाढीपछि १५ हजारभन्दा बढीको अवस्था अज्ञात, बालबालिका र ज्येष्ठ नागरिकसमेत ठूलो संख्यामा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution