
काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरोबाट प्रभावित नागरिकलाई सहयोग गर्न आफ्ना सांसदहरूको आधा महिनाको तलब पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ। सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा विपद् प्रभावित क्षेत्रमा पुगेका नेता तथा सांसदहरूले त्यहाँको अवस्थाबारे जानकारी गराएका थिए। बैठकले बाढी–पहिरोमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेको छ।
कांग्रेसले जनताका समस्या सरकारसमक्ष राख्न र बेपत्ता व्यक्तिको खोजीमा सहज बनाउन संसद्को बैठक तत्काल बोलाउनुपर्ने बताएको छ। यस विषयमा सभामुखसँग छलफल गर्ने जनाएको छ। प्रभावित क्षेत्रमा जाने सांसदहरूलाई उद्धारमा बाधा नपुग्ने गरी काम गर्न निर्देशन दिइएको छ। कांग्रेसले राहत वितरणमा स्थानीय र प्रदेश सरकारलाई मुख्य जिम्मेवारी दिनुपर्ने सुझावसमेत दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे